साउदीले रोक्यो सबै अन्तर्राष्ट्रिय हवाई उडान, नेपालबाट निर्धारित उडान रद्द

काठमाडौं, पुस ६ । साउदी अरेबियाले सबै अन्तर्राष्ट्रिय हवाई उडानमाथि अस्थायी रोक लगाएको छ । यसले नेपालबाट हुने हवाई उडान समेत रद्द हुने भएका छन् ।

हिमालय एयरलाइन्सका अनुसार साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको छ । सोहीकारण काठमाडौंबाट साउदी अरबका लागि निर्धारित उडान रद्द भएका छन् ।

साउदी अरेबियाले सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमन एक साताका लागि रोकेको हो । यस्तो प्रतिवन्ध थप एक साता रोकिने सम्भावना रहेको एयरलाइन्सले जनाएको छ । सोहीकारण साउदीका कारण नेपालबाट निर्धारित उडान रद्द भएको भन्दै टिकट लिइसकेका यात्रुले अतिरिक्त शुल्क बीना नै यात्राको मिति परिवर्तन गर्न सक्नेछन् ।

यात्रा गर्न नचाहेमा भने टिकट फिर्ता लिन सकिने भएको छ । उडान बन्द भएपछि तत्काल नेपाल आउने र नेपालबाट साउदी जाने यात्रु भने प्रभावित हुने भएका छन् । साउदीमा नेपालबाट हिमालयर् एयरलाइन्सले मात्र उडान गर्दै आएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

 

प्रकाशित मिति December 21, 2020