सिन्धुलीमा मनपरी भाडा उठाउने ७१ वटा सवारीसाधन कारवाहीमा

असोज २८, सिन्धुली ।
विपि राजमार्ग भएर गुड्ने अधिकांश सवारी साधनले यात्रु ठग्ने क्रम बढेपछी सिन्धुली ट्राफीक प्रहरीले चेकजाँचलाई कडाई गरेको छ । दशैँ सकाएर आफ्नो गन्तव्य तर्फ जाने यात्रुसँग मनपरी भाडा उठाएको गुनासो बढेपछी सिन्धुली ट्राफीक प्रहरीले आज ७१ वटा गाडीलाई कारवाही गरेको छ ।

सिन्धुलीको हिरापानीमा गरेको उक्त कारवाहीबाट ७१ हजार राजस्व उठेको सिन्धुली ट्राफीक प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डेले जानकारी दिनुभयो । यसैगरी यात्रुसँग उठाइएको १३ हजार ७ सय बढी भाडा फीर्ता गरीएको बताइएको छ । सिन्धुलीबाट उपत्यकातर्फ जाने तथा पुर्वबाट उपत्यका जाने गाडीहरु कारवाहीमा परेका हुन् ।

सिन्धुली–काठमाडौँ प्रतीव्यक्ती ६ सय रुपैयाँ भाडा तोकीएको छ, तर यात्रुसँग भने ८ सय देखी एक हजार सम्म उठाउने गरेको पाइएको छ । यात्रुहरुलाई टिकट नदीने तथा बढी भाडा उठाउने प्रवृतीको अन्त्य गर्न यस कदम चालीएको सिन्धुली प्रहरी सहायक निरिक्षक पाण्डेको भनाई छ । उहाँले चेकजाँचलाई नरिन्तरता दिने तथा यात्रुको यात्रालाई सहज बनाउन सदैव लागीपर्ने प्रतीवद्धता व्यक्त गर्नुभयो । ट्राफीक प्रहरीको यस कार्यले यात्रुहरु ठगीनबाट बच्न सक्ने अपेक्षा गरीएको छ ।

प्रकाशित मिति October 15, 2019
Loading...