काठमाडौं, पुस ७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का हरिबोल गजुरेल प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने भएका छन् ।
गजुरेल सोमबार दुबै पक्षले बोलाएको सांसदहरुको बैठकमा गएका थिएनन् । ‘पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गरेका हौं । त्यो सफल भएन । त्यसको विरोध जनाउन हिजो कतै नगएको हुँ’, गजुरेलले भने ।
तर, आज (मंगलबार) कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको केन्द्रीय कमिटी बैठकमा जाने बताए । उनी सिन्धुली क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचीत सांसद थिए ।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।
प्रकाशित मिति December 22, 2020