ओलीले नियुक्त गरेका केन्द्रीय सदस्यद्वारा भटाभट पद अस्वीकार

काठमाडौं, पुस ८ । नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीमा मनोनित गरिएकाहरूले धमाधम पद अस्वीकार गर्न थालेका छन्। केन्द्रीय कमिटीमा मनोनित भएका नेताहरूले विज्ञप्ति जारी गर्दै पद अस्वीकार गर्न थालेका हुन्।

ओलीले पार्टीका ४४७ जना केन्द्रीय सदस्यमा बुधबारको केन्द्रीय कमिटी बैठकपछि ११ सय ९९ जना केन्द्रीय कमिटी बनाएका थिए। पार्टीमा परामर्श नै नगरी मनलाग्दी केन्द्रीय कमिटी मनोनित गरिएको भन्दै एकपछि अर्को गर्दै नेताहरुले पद अस्वीकार गर्न थालेका छन्। ओलीले पार्टीमा बहुमत देखाउन प्रचण्ड-नेपाल पक्षका नेतालाई मनोनित गरेपछि एकपछि अर्को गर्दै पद अस्वीकार गर्न थालेका हुन्।

प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पार्टी विभाजनले जनता रोइरहेको भन्दै ओली समूहले दिएको केन्द्रीय सदस्य पदको अस्वीकार गरेकी छन्।

यस्तै‚ प्रदेश १ का सांसद झापाका गोपाल बुढाथोकीले पनि ओली समूहको केन्द्रीय सदस्यको पद अस्वीकार गरेका छन्। ‘कमरेडहरू कम्युनिस्ट आन्दोलन फुट विभाजनको तितो इतिहास व्यहोरेर पनि हाम्रा नेताहरूले शिक्षा लिएनन्, जनतालाई धरधरी रुवाएर, जनताले परिवारभन्दा बढी माया गरेको पार्टी फेरि विभाजित गरे,’ बुढाथोकीले फेसबुकमा लेखेका छन्, ‘हामी यो बेला दुःख व्यक्त गर्न शिवाय के गर्न पो सक्ने रहेछौं र रमिताबाहेक कमरेडहरु।

यो बेला नेकपाको दुईवटा केन्द्रीय कमिटी बनाएर एउटा कमिटीमा केन्द्रीय सदस्यमा मनोनित गरेको थाहा पाएँ। तर मलाई विभाजित पार्टीको केन्द्रीय सदस्य मञ्जुर छैन, धन्यवाद।’

यस्तै उदयपुरको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पनि केन्द्रीय सदस्य अस्वीकार गरेका छन्। ‘मलाई नसोधी केन्द्रीय समितिमा नाम राखेको भन्दै सामाजिक सञ्जालहरुमा देखिरहेको छु,’ उनले भने, ‘त्यसलाई मैले अस्वीकार गरेको छु।’

यस्तै प्रदेश २ का सदस्य एवम् बारा जिल्ला सचिव सुन्दर विकले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्। आफूले केन्द्रीय सदस्य मनोनित गरेको विभिन्न सञ्चार माध्यमबाट जानकारी प्राप्त भएको भन्दै विकले विज्ञप्ति जारी गरी ग म्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

प्रदेश नम्बर २ कै सदस्य एवम् नेपाल ट्रेड यूनियन महासघंका प्रदेश २ का अध्यक्ष कमलेश झाले समेत मनोनित केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्। सञ्चार माध्यमबाट केन्द्रीय सदस्यमा मनोनित भएको विषयमा गम्भीर ध्यानाकषर्ण भएको भन्दै झाले पद स्वीकार गर्न नसकिने विज्ञप्तिमा उल्लेख गरेका छन्।

नवलपरासी पश्चिमबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य भगवतीदेवी भण्डारी, सोही जिल्लाकै नेता बृहस्पति अधिकारी र तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीलगायतले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्।

आफूसँग परामर्श नै नगरी केन्द्रीय कमिटीमा मनोनित गरिएको भन्दै उनीहरुले पदमा बस्न अस्वीकार गरेका हुन्। यस्तै प्रदेशसभा सांसद अमरबहादुर डांगीले पनि केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्। परामर्श नगरेको भन्दै डाँगीले पद अस्विकार गरिसकेको केन्द्रीय सदस्य मेटमणि चौधरीले बताए।

‘पार्टीमा बहुमत जुटाउन केपी कमरेडले मनोमानि रुपमा केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ,’ चौधरीले भने, ‘यसरी नियुक्त गर्दा धेरै नेताहरु चरित्र ह त्या भयो। यसले धेरै नेतालाई अ’न्याय भयो।’

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति December 23, 2020