प्रचण्ड-नेपाल पक्षमै फर्किए पुर्वमन्त्री शेरबहादुर तामाङ

काठमाडौं, पुस ९ । नेकपा विभाजित छ। नेकपासँगै नेता–कार्यकर्ता विभाजित छन्। कुन पक्षमा लाग्दा आफ्नो भविष्य सुरक्षित हुन्छ भन्ने छुट्याउन नेकपा नेता–कार्यकर्तालाई मुस्किल परिरहेको छ। पूर्वनिकटता र वर्तमान पदको लालचले उनीहरु दुई खेमामा विभक्त छन्।

पूर्वमन्त्रीसमेत रहेका नेकपा नेता शेरबहादुर तामाङ पार्टीमा माधव नेपाल निकट मानिन्थे। उनी प्रचण्ड-नेपाल समूहसँग जाने धेरैको अनुमानविपरीत ओली पक्षको बैठक र भेलामा देखिए।

आफ्ना नेता कार्यकर्ताको दबाबपछि उनी फेरि प्रचण्ड-नेपाल समूहतिरै फर्केका छन्। उनले भने, ‘ म मिल्नुपर्छ भन्ने पक्षमै छु। तर तत्कालका लागि माधव नेपालसँगै रहने निर्णय गरें।’

उनले एउटै पार्टीभित्र यताउता हुँदा ज घन्य अ पराध गरेको जस्तो हुनुपर्ने संस्कारका विषयमा भने प्रश्न गरेका छन्। उनी भन्छन्, ‘केही दिनयता राष्ट्रमा घटिरहेको गम्भीर राजनीतिक परिघटनाहरुमा हाम्रा कारणले केही नेतागण र कार्यकर्ताहरुमा पर्न गएको पी डा र वेदना हामीले राम्रोसँग महसुस गरेका छौं।’     

तामाङ प्रचण्ड-नेपाल पक्षमा फर्किएपछि वाग्मती प्रदेश सभाकी सदस्यसमेत रहेकी उनकी श्रीमती उषाकला राईले ओली पक्षले दिएको केन्द्रीय सदस्यको पद अस्वीकार गरेकी छिन्।

उनले सामाजिक सञ्जालमा सार्वजनिक सूचना गर्दै आफू उक्त जिम्मेवारी लिन असमर्थ रहेको बताएकी छिन्।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति December 24, 2020