रामचन्द्र पौडेलको केपी ओलिलाई चुनौती- चुनाव लड्न तनहुँ आउनु

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनावमा आफूसँग प्रतिस्पर्धा गर्न चुनौती दिएका छन्।

केन्द्रीय कार्यसमितिको जारी बैठकका क्रममा केन्द्रीय कार्यालय सानेपामा पत्रकारलाई प्रतिक्रिया दिँदै पौडेलले प्रधानमन्त्रीको बोलीको प्रतिवाद गरेका हुन्। बुधबार एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्रीले पौडेललाई चुनाव जितेर आउन चुनौती दिएका थिए।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति रु ष्ट पौडेलले तनहुँमा आफुसँग निर्वाचनमा भिड्न ओलीलाई चुनौती दिए। प्रधानमन्त्रीको कदमविरुद्ध सडक संघर्ष गर्न पौडेलले पार्टीमा दबाब दिइरहेका छन्।

केपी ओली कम्युनिस्ट होइनन् : झलनाथ खनाल

झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट नभएको भन्दै प्रचण्ड-नेपाल समूह नै नेकपा भएको दाबी गरेका छन्। मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै उनले अब अर्को नेकपा नभएको भन्दै आफूहरुले पुनर्गठन गरेको दाबी गरे।

पार्टीभित्र विवाद आउनु सामान्य भएको उनले बताए। ‘कमरेड केपी शर्मा ओली कम्युनिस्ट नै हुनुभएको रहनेछ। पार्टीको विधि र अनुशासन मान्नुभएन‚’ उनले भने‚ ‘यो अ पराधको कुरा हो। संविधान‚ लोकतन्त्र र जनादेशविरुद्धको अ पराध हो।’ संसद विघटन राष्ट्रविरुद्धको अ पराध भएको उनले बताए।

‘वास्तविक नेकपा भनेको यही (प्रचण्ड-नेपाल समूह) हो। यहाँ (बल्खु) नेकपाको कार्यालय भवन बन्छ‚’ खनालले भने‚ ‘निर्वाचन आयोगले कहिले घोषणा गर्ने उसको कुरा हो र सर्वोच्चले संसद पुनर्स्थापनाको कुरा कहिले गर्छ त्यो पनि उसको कुरा हो।’

देशमा समाजवाद निर्माण गर्ने संकल्पतर्फ अगुवाई गर्नु नेकपाको अबको कर्तव्य भएको उनले बताए।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति December 24, 2020