काठमाडौं, पुस १० । नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहबाट प्रधानमन्त्री नभएसम्म सडक आन्दोलन नछाड्ने बताएका छन् ।
प्रतिनिधि सभा विघटनविरुध्द विरोध प्रदर्शनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।’नेकपा अब बालुवाटारको होइन । बालुवाटारमा अब छिट्टै प्रधानमन्त्री हाम्रो हुनेछ’ उनले भने ‘अब बालुवाटारमा हामीले चुनेको प्रधानमन्त्री नभएसम्म हामी सडक छाड्दैनौं । यो सडक अब हाम्रो हो अब बालुवाटारले केही गर्न सक्दैन ।’
उनले संसद् विघटन गर्न नपाइने भन्दै संसद् सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिनिधि सभा बैठक बोलाउन आग्रह गरेका छन् । ‘सूर्य चिन्ह हाम्रो हो । निर्वाचन आयोगले तलमाथि गर्न पाइँदैन्’ उनले भने ।
प्रकाशित मिति December 25, 2020