सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्‍यु, बस चालक प्रहरी नियन्त्रणमा

सुनकोसी – सिन्धुली । असोज ३०,

सिन्धुलीको विपी राजमार्गमा आज बिहान बसले मोटारसाइकललाई ठक्कर दिदा एक जनाको मृत्‍यु भएको छ । बीपी राजमार्गको दुम्जास्थित साँदी टोट्लीनिर बसले मोटरसाइकललाई ठक्कर दिदा ग*म्भी*र घाइते भएका मोटरसाइकल चालकको उपचारका लागि लैजादै गर्दा बाटोमै मृ*त्‍यु भएको छ ।

 

नेपालथोक प्रहरी चौकीका अनुसार झापाबाट काठमाडौँतर्फ गइरहेको मे १ ख ३१८२ नम्बरको यात्रुबाहक बस र काठमाडौँबाट उदयपुरतर्फ गइरहेको बा ६८ प ८५४८ नम्बरको मोटरसाइकल सुनकाेशी गाउँपालिका २ साँदीनिर दुर्घटना भएको थियो ।

मोटरसाइकल चालक उदयपुर जिल्ला त्रियुगा नगरपालिकाका २८ वर्षीय नविन विसुङ्खेको उपचारका लागि धुलिखेल लैजादै गर्दा बाटोमै मृ*त्‍यु भएको प्रहरीले जनाएको छ । बसका चालकलाई पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको सिन्धुली प्रहरीले जनाइएको छ ।

प्रकाशित मिति October 17, 2019