केपी ओलीको उछितो काड्ने प्रभु शाह उनकै ‘क्याबिनेट’मा

काठमाडौं, पुष १० । प्रधानमन्त्री केपी शर्मा ओलीको घोर विरोध गरेर विज्ञप्ति नेकालेको पाँच दिनमै नेकपाका नेता प्रभु शाह उनी ओलीको मन्त्रिपरिषदमा गएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि ओलीको निर्णय आ त्मघाती हुने भन्दै विज्ञप्ति निकालेका थिए ।

संसद विघटनको निर्णयलाई सोमबार आ पत्तिजनक भनेका नेता साह त्यसको पाँच दिनपछि मन्त्री बनेका छन्। बिहिबार सम्म प्रचण्ड-नेपाल समुहमा खुलेर लागेका शाहको मन्त्रीमा नाम आएपछि नेता कार्यकर्ता आश्चर्यमा परेका थिए ।

मन्त्री पद प्राप्त गर्ने भएपछि पूर्वविचारलाई त्याग्दै साह ओली समूहमा लागेका छन्। ‘सहमतिमा अगाडि बढ्नुको सट्टा नेपालको संविधानको मूल मर्म र जनादेशविपरीत २ वर्ष कार्यकाल बाँकी रहँदारहँदै प्रतिनिधि सभा विघटनको निर्णय गर्नु आफैंमा आ त्मघाती एवं आपत्तिजनक कार्य हो‚’ साहले सोमबार लेखेका थिए।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

 

प्रकाशित मिति December 25, 2020