नेपालमा एमसीसी सम्झौता लागू गर्नुपर्छ: ऊर्जामन्त्री रायमाझी

काठमाडौं, पुस १२। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता नेपालको पक्षमा रहेको बताएका छन् ।

आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नवनियुक्त ऊर्जामन्त्री रायमाझीले एमसीसी कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे । कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने सच्याउन सकिने भन्दै उनले भने, यो अ पराध हो, सैन्य आक्रमण हुन्छ भन्ने मलाई विश्वास छैन ।’

पछिल्ला हरेक सरकारले एमसीसीलाई अनुमोदन गर्दै आएको भन्दै उनले पास गर्नुपर्ने बताए । उनले भने, ‘एमसीसी हुबहु लागू गर्नुपर्छ भन्ने त होइन । तर यदि त्यो लागू गर्न नसक्ने हो, ट्रान्समिसन लाइन निर्माण गर्ने हो भने खतम हुनेवाला छ ।’ पुर्व माओवादी नेता रायमाझी कित्ता परिवर्तन गरि ओलि समुहमा गएर मन्त्री भएका हुन् ।

प्रकाशित मिति December 27, 2020