सिन्धुलीमा बन्यो २४ सै घण्टा सन्चालन हुने हेलिप्याड, रात्रीकालिन उडान र अवतरणको समस्या हट्यो

सिन्धुलीमाढी । रातको समयमा समेत सञ्चालन गर्न सकिने हेलिप्याड सिन्धुलीमा निर्माण गरिएको छ । कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले ९ नम्बर बाहिनी अण्डाभित्र सो हेलिप्याड निर्माण गरेको हो । पृतनापति उपरथी ताराध्वज पाण्डेले बुधबार विहान हेलिप्याडको उद्घाटन गर्नुभयो ।

कमलामाई नगरपालिकाको छ लाख ५० हजार रुपियाँ सहयोगमा बर्द बहादुर गणले हेलिप्याड निर्माण गरेको जनाइएको छ । सिन्धुली जिल्लामा एउटा पनि हे*लि*प्या*ड नभएको अबस्थामा रात्रीकालीन समयमा समेत अवतरण र उडान गर्न सकिने गरि मध्यम आकारको मिलिटरी स्ट्याण्डर्डको हेलिप्याड निर्माण गरिएको हो ।

बर्द बहादुर गणका गणपति राजीव थापाले सिन्धुली र आसपासका जिल्लाको उ*द्धा*र तथा मौसम प्रतिकुलताको समयमा अवतरण गर्न मिल्नेगरि हेलिप्याड निर्माण गरिएको जानकारी दिनुभयो । सो हेलिप्याडमा गैरसनिकले समेत सेवा लिनसक्ने गणपति राजीव थापाले बताउनुभयो ।

प्रकाशित मिति October 17, 2019
Loading...