साउदीद्वारा थप एकसाता अन्तर्राष्ट्रिय हवाई उडानमा रोक, चार्टर्ड फ्लाइटमार्फत जान सकिने

साउदी, पुस १३। साउदी अरेबियाले सबै अन्तर्राष्ट्रिय हवाई उडानमाथि लगाइएको अस्थायी रोकलाई केहि परिवर्तन गर्दै थप एकहप्ताको लागी लम्ब्याएको छ । साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको छ ।

साउदी अरेबियाले गत साता सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । डिसेम्बर २८ बाट भने साउदीमा रहेका विदेशी नागरिक आफ्नो देश जान चाहेमा भने चार्टर फ्लाइट मार्फत आफ्नो देश जान सक्नेछन् तर साउदीमा चार्टर्ड फ्लाइटमार्फत आउन भने पाउदैनन् र त्यसको लागी केही शर्तहरु भने पुरा गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले कोरोनाभाइरसको फैलावट रोक्न रोकथामका उपायहरू सहित पूर्ण रूपमा सावधानी अपनाउने शर्तमा विदेशी एयरलाइन्सहरूलाई चार्टर उडानहरू सञ्चालन गर्न अनुमति दिएको छ र यस शर्तहरुमा कि साउदीबाट अरु देशहरुको एयरपोर्टहरूमा अवतरण गर्ने विमानको टोलीले विमान बाहिर निस्कन पाउने छैन र उनीहरूको ग्राउन्ड अपरेशन स्टाफसँग शारीरिक रूपमा नजिक हुन पाउनेछैन ।

प्राधिकरणका अनुसार चार्टर फ्लाइटका लागी विदेशी एयरलाइन्सले साउदीको आन्तरिक मन्त्रालयमा सम्पुर्ण शर्तहरुको पालना गर्ने सुनिश्चितता सहित आवेदन दिन सक्नेछन् र आवेदन दिनुअघि त्यसबारे जाने सम्बन्धित देशको एयर ट्रान्सपोर्ट विभागसँग समन्वय गरेको हुनुपर्नेछ ।

गत आइतवार, साउदी अरेबियाले युरोपेली देशहरूमा धेरै नयाँ कोरोनाभाइरसको नयाँ उत्परिवर्तन भएको देखाएको रिपोर्टको बीचमा एक हप्ताका लागि आफ्नो सम्पूर्ण हवाई तथा जलमार्गबाट हुने आवागमन बन्द गराएको थियो । आन्तरिक मन्त्रालयले यो कदम नागरिकहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्नका लागि सावधानी अपनाउनका लागी गरिएको बताएको छ ।

प्रकाशित मिति December 28, 2020