नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको अध्यक्षमा पूनः रामकृष्ण श्रेष्ठ निर्वाचित

असोज ३० , काठमाण्डौं । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको केन्द्रिय अध्यक्षमा पूनः रामकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।काठमाण्डौंमा सम्पन्न प्रथम साधारण सभा तथा प्रथम महाधिवेशनबाट श्रेष्ठ महासंघको केन्द्रिय अध्यक्षमा पूनः निर्विरोध निर्वाचित भएका हुन् ।

सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सकिएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा लाल बहादुर परियार निर्वाचित भएका छन् । उपाध्यक्षमा हिक्मत बहादुर दर्जी, ईश्वर कुमार नेपाली, राम बहादुर रणपाल, कालिप्रसाद नेपाली, फिरोज अलि निर्वाचित भएका छन् । महासचिवमा भने मेघबहादुर कार्की निर्वाचित भएका छन् ।

 

उपमहासचिवमा सन्त परियार निर्वाचित भएका छन् । त्यस्तै सचिवमा सरोज कटुवाल, कोषाध्यक्षमा गणेशप्रसाद बराल, सह कोषाध्यक्षमा प्रेमकुमार महर्जन, शान्तीदेवी प्रधान, पूर्णकुमारी कार्की, रुपलाल दमाई, मिलनकुमार परियार निर्वाचित भएका छन् ।

सदस्यहरुमा कृष्णकुमारी अधिकारी, शुशिला श्रेष्ठ, कृष्णबहादुर रणपाल, राम प्यारा, शालिकराम नवाक दमै, रामबहादुर घले परियार, भोजराज दमाई, सोमबहादुर परियार, रन्जना मास्के, मिलन नेपाली निर्वाचित भएका छन् ।

प्रदेश सदस्यमा भने प्रदेश नम्वर १ बाट राजन दर्नाल, प्रदेश २ बाट जाकिर अलि, प्रदेश ३ बाट बाबुराम परियार, प्रदेश ४ गण्डकी प्रदेशबाट किसन सेवा परियार, प्रदेश ५ बाट सुरेन्द्र दमै, प्रदेश ६ कर्णाली प्रदेशबाट अम्बर बहादुर दमाई, प्रदेश ७ सुदुरपश्चिम प्रदेशबाट विनोद नेपाली निर्विरोध निर्वाचित भएका छन् ।

महाधिवेशन कार्यक्रममा प्रमुख अतिथीको रुपमा पर्यटन मन्त्री योगेश भट्टराईको विशेष उपस्थिती रहेको थियो भने विभिन्न क्षेत्रका विशेष ब्यक्तित्वहरु उपस्थीती पनि रहेको थियो। महाधिवेशन कार्यक्रम काठमाण्डौं नयाँ वानेश्वोर स्थित इन्द्रेणी ब्यान्क्वेटमा सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति October 17, 2019
Loading...