प्रचण्डले कम्युनिस्ट भएर गल्ती गरें भन्न बाँकी छ: गगन थापा

काठमाडौं, पुष १३ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रचण्ड–माधव समूहले समयमा चेत नपाउँदा वर्तमान अवस्था आएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीले सोमबार गरेको विरोध प्रर्दशन सभामा थापाले संसदीय प्रणालीको अभ्यास अनुसार प्रचण्ड-माधव समूहले नगरेको बताए। उनले भने, ‘प्रचण्ड र माधवले संसदमा अविश्वास प्रस्ताव ल्याउने ह्याउ नहुँदा नेपाली जनताले यो स जाय भोगेका छौं।’

तीन वर्षअघि भएको दुई पार्टीको अ-पवित्र गठबन्धनको परिणाम देश, जनता र संसदले भोग्नुपरेको उनले बताए। विद्यमान समस्याको कारण प्रधानमन्त्री बन्न पाइन्छ भन्ने नेकपा अध्यक्ष प्रचण्डको आकांक्षाले पनि काम गरेको उनले बताए। उनले भने, ‘यस्तो आँट हिजो ज्ञानेन्द्रले पनि गरेनन्। पार्टीको वि वाद जनताले देशले व्यहोर्नुपर्ने?’

प्रधानमन्त्रीको पहिलो कार्यकालमा छुनै नपर्ने अंगमा प्रहार गरेका प्रचण्डले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबै सुम्पिदा समस्या आएको बताए। प्रधानमन्त्रीका प्रस्तावमा समर्थन गर्न एक पछि अर्को अडान छोड्दै जानु आफ्नो गल्ती भएको प्रचण्डले चार दिन अघि बताएका थिए।

त्यसै प्रति संकेत गर्दै थापाले भने, ‘यस्तै कमजोरी गरेको प्रचण्डले स्विकार्दै जाने हो भने प्रचण्डले रत्नपार्कमा उभिएर म कम्युनिस्ट हुन गल्ति गरें भन्न बाँकी छ।’

प्रकाशित मिति December 28, 2020