नक्कली पिसिआर रिपोर्ट बोकेर विदेश जान लागेका ७ जना एअरपोर्टबाट पक्राउ

काठमाडौं, पुष १९ । नक्कली पिसिआर रिपोर्टसहित विदेश जान लागेका ७ जना पक्राउ परेका छन्।

फ्लाई दुबईको जहाजबाट युएई जान लागेका उनीहरूलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंहलगायत ७ जना रहेको प्रहरीले जनाएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति January 3, 2021