नेवा: पुच: युएई द्धारा कलाकार भृगुराम श्रेष्ठको उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण

युएई ।

नेपाल भाषाको कैयौं लोकप्रिय गीत गाएर रिकर्ड गरि सकेका वरिष्ठ गायक भृगुराम श्रेष्ठ नेपाल भाषाको गायक र सडक नाटक ( डबु प्याँखं ) का कलाकार हुन । असन त्यौडमा जन्मिएका उहाँ हेटौडामा बसोबास गर्न पुग्नु भ​एको हो । उहाँ जन-कवि दुर्गालाल श्रेष्ठको समकक्षि पनि हुनुहुन्छ । हेटौडा नेवाः पुचः का अध्यक्ष रहनु भ​एका उहाँ नेवार सामाजिक गतिविधिमा संलग्न रहनु भ​एको थियो । नेपाल भाषा एकेडेमी दान्यहिरा पुरस्कार र चित्तधर सिरपा पुरस्कार,लगाएत विभिन्न पुरस्कार द्वारा उहा सम्मानित पनि हुनुहुन्छ ।

नेपालभाषामा निकै लामो समयदेखि समर्पित ख्यातिप्राप्त नेवार जन गायक ( नेपालभाषा एवम नेपालको आदिवासी भाषाको पहिलो चलचित्र शिलुको अभिनेता एवम नायिका स्व. नविना श्रेष्ठ ज्युका पिता ) श्रीश्रेष्ठ ज्यु सर्वाङ्गी स्वास्थ्य सेवा अस्पताल कुपन्डोल मा आई सि यु उपचारार्थ भर्ना भएको र आर्थिक सहयोगको लागि विभिन्न मिडियामा सहयोग हेतु पहल भएको र नेवाः पुचःयुएईको पदाधिकारीले उहाँको परिवारसंग टेलिफोनमा स्वास्थ्य अवस्थाको जानकारी लिएपश्चात, उहाँको स्वास्थ्य सेवामा सहयोग पुराउनु नेवा: पुच: युएई को पनि नैतिक जिम्मेवारी महसूस गरी निजको स्वास्थ्य उपचारको लागी आर्थिक सहयोग संकलन गरी सहयोग गर्न नेवा: पुच: युएई को तर्फ बाट यस पुच: का उपाध्यक्ष श्री राजेश प्रधानज्युको संयोजकत्वमा
सदस्यहरु :-
केन्द्रीय सदस्य :- श्री हिरालाल श्रेष्ठ , केन्द्रीय सदस्य:- श्री भिमनारायण श्रेष्ठ ,केन्द्रीय सदस्य तथा अवुधाबी क्षेत्रिय अध्यक्ष श्री सुनिलमान श्रेष्ठ
, केन्द्रीय कोषाध्यक्ष तथा सारजाह क्षेत्रीय अध्यक्ष श्री मनोज प्रसाद श्रेष्ठ ,केन्द्रिय कार्यवाहक महिला प्रमुख:- श्री नविना शाक्य , संरक्षक, सल्लाहकार तथा भुपु अध्यक्ष श्री प्रमोद श्रेष्ठ तथा सदस्य सचिब:- केन्द्रीय महासचिब श्री कुमार बलामी ज्युको संयन्त्र गठन गरी जम्मा रु ५५६००।- रुपैंया संकलन गरी निज को स्वास्थ्य उपचारार्थ हाल नेपालमा रहनु भएका प्रतिनिधी ज्युहरु नेवा: पुच: युएई का केन्द्रीय सदस्य एवम खेलकुद संयोजक श्री रबि शाही, तथा सल्लाहकार श्री प्रविणकाजी श्रेष्ठ को टिम मार्फत बिरामी लाई भेट्न जानु भई उक्त रकम हस्तान्तरण गर्नु भएको छ।

प्रवासमा बसेर पनि आफ्नो कला, भाषा र संस्कृति को संरक्षण गर्दै बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै स्वदेश तथा विदेशमा सामाजिक कार्य गर्दै आएकोमा, यस अन्तरगत भैपरी आएको बेलामा प्राकृतिक प्रकोप जस्तै बाढि पहिरो, भुकम्प तथा अन्य आपत बिपतमा भौतिक सहयोग गर्दै आएको हो । युएईमा पनि आपत बिपत परेका ब्यक्तिहरु को समस्यामा नेवा: पुच: युएईले यो भन्दा पहिला पनि धेरै पटक सहयोग गरी सामाजिक कार्यहरुमा सबै सँग हातेमालो गर्दै सक्दो उद्धार तथा सहयोग गर्दै आएको छ । राम्रो कामको लागी सबै नेपालीहरु एकजुट भएर सहयोग गर्नु भएकोमा खुशी व्यक्त गर्दै, सम्पुर्ण सहयोगी हातहरुलाई नेवा: पुच: युएई को तर्फबाट पुच: तथा नेपाल आदिवासी जनजाती महासंघ युएईका महासचिब श्री कुमार बलामीज्यु ले हार्दिक आभार ब्यक्त गरेको जानकारी दिनुभएको छ ।

प्रकाशित मिति October 19, 2019