काठमाडौं । चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता तथा संचारकर्मी रवि लामिछानेले न्युज २४ टेलिभिजन छाड्ने भएका छन् ।
लामिछाने नयाँ टेलिभिजन खोल्ने योजनामा रहेकोले न्युज २४ टेलिभिजन छाडेको न्युज २४ टेलिभिजनका एक पत्रकारले बताए ।
‘उहाँ (रवी लामिछाने)ले छोड्ने निश्चित हो, सिधा कुरा जनतासँग निर्माण टोलीका सबै टिमले नै छोड्न लाग्नुभएको छ।’ उनले भने, ‘उहाँहरुको टिमले नयाँ टिभी खोल्ने योजनामा भएकाले छाड्नुभएको हो।’
लामिछाने टेलिभिजनको कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए ।
उनी पाँच वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएका हुन् । आफूले टेलिभिजन छाडेकोबारे उनले न्युज टिमलाई पनि जानकारी गराइसकेका छन् ।
चार वर्षदेखि लामिछानेले चलाउँदै आएको ‘सिधाकुरा जनता’ सँगको ६ सय ३५औँ एपिसोड बिहीबार प्रसारण हुँदैछ । उक्त कार्यक्रम न्युन २४ टिभिबाट अब केही भाग प्रसारण हुनेछ ।
प्रकाशित मिति January 7, 2021