मरिणमा उद्योग वाणिज्य संघ गठन सम्पन्न

कार्तिक ३ – सिन्धुली ।

निजी क्षेत्रको छाता संस्था उद्योग वाणिज्य संघ सिन्धुलीको छैठौ शाखा स्वरुप उ.बा.संघ मरिण शाखा गठन सम्पन्न गरेको छ । उद्योग वाणिज्य संघ सिन्धुलीको आयोजनामा आज कपिलाकोट मरिणमा आयोजित एक कार्यक्रमका बीच उ.वा.संघ सिन्धुलीका अध्यक्ष अमरेश बैदारको उपस्तिथिमा उद्योग वाणिज्य संघ मरिण शाखाको उद्घाटन तथा कार्यसमिति गठन भएको हो ।

साथै कार्यक्रममा जिल्लाबाट उ.बा.संघ का महासचिव :बिरबल चौधरी ,कोषाध्यक्ष रामभक्त श्रेष्ठ ,आजिबन सदस्य बिजय बस्नेत ,सदस्य लालमोहन तामाङ ,महिला सदस्य राधा खड्का लगाएतको पनि उपस्थिति रहेको थियो ।

यसैगरी उद्योग वाणिज्य संघ मरिण शाखाको अध्यक्षमा: चिनध्वज बम्जन सर्बसम्मत चयन भएका छन् भने उपाध्यक्षमा: जिल्लाप दोर्जे लामा( सुनिल ), भगवान माझी, सचिबमा :राम ब.कार्की, कोषाध्यक्षमा: नरेन्द्र कर्माचार्य , उप सचिबमा : बेनुपराज उप्रेती, सदस्यहरुमा : महेन्द्र कुमार श्रेष्ठ, सार्किमान घिसिङ ,रुकमणी माझी, , पदम श्रेष्ठ, लक्ष्मी कुमारी लगाएत ११ सदस्यीय कार्यसमिती सर्बसम्मत रुपमा चयन भएका छन् ।

ब्यावसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ मरिणमा पहिलोपटक गठन भएको हो ।

प्रकाशित मिति October 20, 2019
Loading...