लण्डनमा गायक केसीले फेसबुकमा ‘गुडबाई’ लेखेर आत्महत्या

लण्डन : केही वर्षदेखि युके बस्दै आएका कलाकार बद्री केसीले लण्डनमै आ,त्मह,त्या गरेका छन्। रुखमा झु न्डिएको अवस्थामा शनिबार बिहान उनको श व फेला परेको उनकै सहकर्मी राम थपलियाले जानकारी दिए।

आफ्ना साथी, परिवार र संसारलाई ‘गुडबाई’ भन्दै शुक्रबार दिउँसो फेसबुक स्टाटस लेखेका ३२ वर्षीय केसीको शव लण्डनको एजवेरस्थित उनी आफैले काम गर्ने स्कुल हातामा रहेको रुखमा झुन्डिएको अवस्थामा भेटिएको थियो।

केसीका सहकर्मी थपलियाका अनुसार उनको निराश फेसबुक स्टाटस देखेपछि शुक्रबार दिउँसोदेखि नै सहकर्मीले खोजी शुरु गरेका थिए। उनको फोनसमेत नउठेपछि प्रहरीलाई पनि खबर गरिएको थियो। प्रहरीले शुक्रबार अबेरसम्म खोज्दापनि नभेटिएका उनको श,व शनिबार मात्रै फेला परेको थियो।

आ,त्मह,त्याअघि केसीले आफ्नो बैंक खातामा रहेको पैसासमेत परिवारका सदस्यलाई ट्रान्सफर गरेको पाइएको छ। आ,त्मह,त्याको कारण स्पष्ट भइसकेको छैन। उनको शव अहिले प्रहरीको नियन्त्रणमा छ र प्रहरीले यसबारे आफ्नो अनुसन्धान अघि बढाएको छ।

पोखरा घर भएका केसी झण्डै डेढ दशकअघि अध्ययनका लागि युके आएका थिए। केही वर्षअघि नेपाल फर्किएका उनीपछि फेरि युके आएका हुन्।

लण्डनको एजवेरस्थित मिल हिल स्कुलमा क्याटरिंग सुपरभाइजरको रुपमा कार्यरत केसी बेलायतका नेपालीमाझ लोकदोहोरी गायकका रुपमा चिनिन्थे। गाउन र नाँच्न दुवैमा सीपालु उनले यहाँको निरमाया रोधीघरमा झण्डै पाँचवर्षसम्म लोकदोहोरी गायकका रुपमा काम गरेका थिए। लण्डनका कयौं ठाउँमा आयोजना हुने कार्यक्रममा समेत उनले प्रस्तुति दिने गरेका थिए।

प्रकाशित मिति January 10, 2021