काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको सिफारिसमा माघि तथा माघे संक्रान्ति पर्वका अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आजकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
प्रकाशित मिति January 10, 2021