साउदीबाट २४ हजार नेपाली स्वदेश फिर्ता

साउदी : साउदी अरबमा कोरोना भाइरस र विभिन्न कारणले अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुने संख्या दैनिकी रूपमा बढ्दो छ।

हालसम्म २४ हजार ९ सय ६३ जना चार्टर्ड उडानबाट स्वदेश फिर्ता भएका छन् भने युएईबाट ६५ हजार २ सय ४० तथा कतारबाट ४८ हजार ९ सय ५८नेपाली स्वदेश फिर्ता भएका छन् ।

साउदी अरबस्थित नेपाली दूतावास रियाद तथा वाणिज्य दूतावास जेद्धाले कोरोना भाइरसको कारण स्थगित भएको कामदार मागपत्र प्रमाणीकरण कार्य पुन २४ जनावरी २०२१ बाट संचालन गर्ने भएका छन् भने दूतावासको सहयोगमा सम्बन्धीत कम्पनीमा कार्यरत कम्पनीले अकामा नविकरण नगरेका १५ सय २४ जना नेपालीको साउदी सरकारले बहिर्गमन भिसा जारी गरेको छ ।

साउदी सरकारले कोराना भाइरसलाई मध्यनजर गदै लागु गरेका सबै प्रतिबन्ध ३१ मार्च २०२१ देखि हटाउने भएको छ भने अन्तर्राष्ट्रिय उडानहरू समेत नियमित रूपमा संचालन हुने एसपीएले जनाउनुको साथै साउदी र कतार बीच रहेका सबै प्रतिबन्ध सीमाना खुल्ला भएका छन् ।

साउदीमा कोरोना भाइरसको भ्याक्सिन लिएकालाई सरकारले हेल्थ पासपोर्ट जारी गर्ने भएको छ । हालसम्म साउदीमा १ लाख ३९ हजार भन्दा बढीले भ्याक्सिन लिइसकेका छन् भने किङसलमानले समेत पहिलो डोजको भ्याक्सिन लगाएका छन् ।

कोरोना भाइरसबाट साउदीमा हालसम्म ३ लाख ६३ हजार ८ सय ९ जना संक्रमित हुनुको साथै ६ हजार २ सय ९१ जनाको मृत्यु भएको छ भने ३ लाख ५५ हजार ५ सय ४८ जना निको भएका छन्।

 

प्रकाशित मिति January 11, 2021