सिन्धुलीका पानी घट्टहरु लोप हुने अवस्थामा

कार्तिक ५, सिन्धुली । सिन्धुली जिल्लामा रहेका पानी घट्टहरु लोप हुन थालेका छन् । नेपालको परम्परागत प्रविधिको रुपमा रहेका पानी घट्ट केहि बर्ष अघि सम्म सिन्धुलीका विभिन्न बस्तीहरुमा पर्याप्त मात्रामा प्रयोग हुने गर्थ्यो तर अहिले ति घट्टहरु लोप हुन अवस्थामा छन ।

ढुङ्गा कुदेर बिशेष आकार दिएर पानीको सहायताले चल्ले गरि निर्माण गरिएको हुन्थ्यो । गाउँघरमा बिद्युतको बिकास र बिस्तार नहुदा पानी घट्टमा मकै, कोदो,गहुँ, जौ, दाल र मसला लगाएतका समाग्रीहरु पिस्न घट्टको प्रयोग गरिन्थ्यो । कतिपय ले पानी घट्ट चलाएर नै आफ्नो परिवारको दैनिक आवश्यकता पुरा गर्ने तथा गाँसबासको जोहो गर्ने गरेका थिए ।

अहिले ठाउँठाउमा आधुनिक प्रविधिका विधुतिय मिलको सन्चालन बढदै गएपछी घट्टहरु लोप हुँदै गएको स्थानियहरु बताउछन ।

प्रकाशित मिति October 22, 2019
Loading...