फेसबुकमा नक्कली ‘जब भ्याकेन्सी’ प्रकाशित गरी ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘जब भ्याकेन्सी’ पेज तथा ग्रुप बनाएर बेरोजगार युवाहरुलाई ठगी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका-८ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २३ वर्षीय शिव खड्का रहेका छन् ।

फेसबुक पेज, ग्रुपमा आकर्षक तलब, सुविधा दिने झु,ठो विवरण राखेर ई-सेवा मार्फत १५ सयदेखि ३५ सयसम्म डिपोजिट गर्न लगाएर ४३ जना बेरोजगार युवाहरुलाई ठगी गरेको आरोपमा खड्कालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

पक्राउ परेका खड्कालाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको कार्कीले बताए ।

प्रकाशित मिति January 13, 2021