यस्तो देखियो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको फाइनल डिजाइन, २२ महिनामा बनिसक्ने

चितवन – धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण थालेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भएको छ ।

कमलको फूलसँगै नेपाली*पन झल्कने गरी आधुनिक तवरको रंगशालाको नमुना तयार गरिएको छ । रंगशालाको प्रवेशद्वारमा गौतम बुद्धको शालिक निर्माण गरिने छ । भित्री भागमा परम्परागत कलात्मक शैली झल्कने गरी रंगशाला निर्माणका लागि नक्साङ्कन गरिएको देखाइएको छ। डीपीआर भरतपुर महानगरपालिकामा एक कार्यक्रमका बीच धुर्मुस–सुन्तली फाउण्डेसनले सार्वजनिक गरेको हो ।

डीपीआर तयार भइसकेकोले अब कामले गति लिने फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताउनुभयो । अहिले समान्य काम भइरहेको बताउँदै उहाँले डीपीआर नै आइसकेपछि सबै कामहरु व्यवस्थित र द्रु*त गतिमा हुने जानकारी दिनुभयो ।

सरकारको क*र छुट गराउन सकेमा रंगशाला तयार गर्न २ अर्ब ६० क*रो*ड हाराहारी ख*र्च हुने अनुमान गरिएको छ ।रंगशाला निर्माण अवरोध हुँदा डीपीआरको काम पनि रोकिएको थियो ।

रंगशाला स्तुपा आकारको हुने छ भने क्रिकेट खेल मैदान कमलको फूल आकारको हुने छ । रंगशालामा ४ वटा द्वार हुनेछन् । जसमा २५ हजार दर्शकहरु अट्ने क्षमताहरु हुनेछ । आउँदो २५ वर्षपछि हुने प्रविधि अहिले नै प्रयोग गरेर नक्साङ्कन गरिएको छ ।जुन क्रीयटिभ डिजाइन आर्किटेक प्रा.लि.को नेतृत्वमा ईन्डियन र अमेरिकन कन्सलटेन्सिको सहकार्यमा तयार भएको हो ।

चितवनको रामपुरमा रहेको २० बिघा ६ कट्ठा जमिनमा रङ्गशाला निर्माण गर्न लागिएको हो । अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ । समयमा रकम जु*टा*उ*न सकेमा २२ महिनाभित्रमा रंगशला तयार हुने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताउनुभयो ।

रंगशालालाई स्पोट्र्स हबको रुपमा विकास गरिने छ । यो रंगशालामा क्रिकेट मात्र होइन अन्य खेलका लागि उपयोग हुनेगरी बनाइने छ ।यो रंगशालामा फुटबल, भलिबलसहित, नेपालको मौलिक खेल डण्डीबियोसम्म खेल्न सकिने गरी बनाइने योजना रहेको छ । क्रिकेट खेलाडीहरु उत्पादन गर्न एकेडेमी पनि रंगशालाभित्र रहनेछ ।

डिपिआर सार्वजनिक गर्दै धुर्मुस-सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल सामाजिक सन्जाल फेसबुकमा यस्तो जानकारी गराउनु हुन्छ –

“जनस्तरबाट निर्माण हुने नेपालको पहिलो गौत्तम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाको बिस्तृत गुरु योजना(DPR) तयार भइ सो सम्बन्धमा थप सुझाब सल्लाहका लागि आज भरतपुर महानगरपालिकाको कार्यालयमा सम्पुर्ण राजनितिक दल,माननिय सासद,स्थानीय जनप्रतिनिधिहरु,विभिन्न संघ सस्थाका प्रतिनिधिहरु,उधोगी ब्यबसायिहरु,बिसय बिज्ञहरु,सन्चारकर्मिहरुको उपस्थितिमा गुरुयोजना(DPR) presentation गर्ने कार्य सम्पन्न भयो।

उपस्थित महानुभाबहरुले DPR उत्कृष्ट रहेको प्रतिकृया दिनु भएको छ।
हामी सम्बन्धित मन्त्रालय,खेलकुद परिषद,नेपाल क्रीकेट संघमा समेत DPR प्रस्तुति गर्नेछौ। र त्यस पश्च्यात थप आएका सल्लाह सुझाबको आधारमा DPR लाई फाईनल रुप दिनेछौ।
रंगशाला निर्माणको लागि गठित प्राबिधिक समितिको निर्देशनमा क्रीयटिभ डिजाइन आर्किटेक प्रा लिको नेतृत्वमा ईन्डियन र अमेरिकन कन्सलटेन्सिको सहकार्यमा DPR तयार भएको समेत जानकारी गराउदछु।”

प्रकाशित मिति October 24, 2019
Loading...