१८ नेपालीको शव लिन मलेसिया जाँदै निगमको वाइडबडी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज नेपालीको शव लिनका लागि मलेसिया जाने भएको छ।

मलेसियामा विभिन्न कारणले मृत्यु भएका १८ जनाको शव लिन माघ ८ गते निगमको वाइडबडी-३३० जहाज मलेसिया जाने भएको निगमले जानकारी दिएको छ।

मलेसियास्थित नेपाली दूतावासले निगमलाई १५-१५ दिनमा शव बोक्नका लागि उडान गर्न आग्रह गर्दै आएको थियो। सोही अनुसार परराष्ट्र मन्त्रालय र पर्यटन मन्त्रालयको सहकार्यमा १८ जनाको लिन शव लिन मलेसिया जाने भएको निगमका महाप्रबन्ध डिम प्रकाश पौडेलले जानकारी दिए।

निगमको वाइडबडीमा शव बोक्ने अधिकतम क्षमता १८ मात्रै हो। सोभन्दा बढी शव भएको अवस्थामा अन्य एयरलाइन्ससँगको सहकार्यमा ल्याउनुपर्ने हुन्छ।

प्रकाशित मिति January 14, 2021