एअर अरेबियाले शारजाह-दोहा सिधा उडान पुन: सुरु गर्दै

युएई । शारजाह स्थित एयर अरेबियाले जनवरी १८ देखि शारजाह देखी कतारको राजधानी दोहा सम्म ३ वर्ष पछि पुनः दैनिक उडान सुरु गर्ने घोषणा गरेको छ।

सन् २०१७ मा कतारसँगको सम्बन्धमा युएईले लगाएको प्रतिबन्ध हटाएको पछिल्लो सम्झौता पछि यो नै युएई देखी कतार पहिलो फ्लाईट हुने भएको छ ।

यात्रुहरूले एयर अरेबियाको वेबसाइट गएर, कल सेन्टर कल गरेर तथा ट्राभल एजेन्सीहरू मार्फत शारजाह र दोहा दैनिक उडानको टिकट बुक गर्न सक्ने एअर अरेबियाले जनाएको छ ।

दैनिक उडानहरू शारजाहबाट दोहा १६:१० मा र दोहाबाट शारजाह १७:१० बजेको समयमा हुनेछ ।

प्रकाशित मिति January 14, 2021