युएईले २४ घन्टामा एकलाख ३८ हजार जनालाई कोरोना खोप लगायो

युएई । युएईको स्वास्थ्य र रोकथाम मन्त्रालयका अनुसार युएईले गत २४ घण्टामा १३८१५४ जनालाई कोभिड १९ बिरूद्धको खोप लगाएको जनाएको छ । युएईले आफ्ना नागरिकका साथसाथै युएईमा कार्यरत सबै देशका नागरिकलाई निशुल्क खोप लगाइरहेको हो । युएईको भ्याक्सिन दर विश्वव्यापी रूपमा इजरायलको तुलनामा दोस्रो स्थानमा छ।

युएईको स्वास्थ्य र रोकथाम मन्त्रालयले कोभिड १९ भ्याक्सिन सबै नागरिकका लागि पर्याप्त स्टक रहेको जनाएको छ । जी४२ हेल्थकेयरका मुख्य अनुसन्धान अधिकारी र भ्याक्सिन प्रोजेक्ट डा वालिद जहरका अनुसार सबै खोप केन्द्रहरू खोप उपलब्ध छन्, “सम्पूर्ण जनसंख्यालाई खोप दिन हामीसँग खोप पर्याप्त छ” उनिहरुले भनेका छन ।

एक उच्च अधिकारीका अनुसार यदि चीनमा जारी ट्रायलले राम्रो नतिजा ल्यायो भने सिनोफर्मको कोभिड १९ भ्याक्सिन युएईमा बच्चाहरूलाई पनि लगाइने सम्भावना रहेको बताए, अहिले भने युएईले १८ बर्ष र माथिका उमेर पुगेकालाई मात्र खोप लगाइरहेको छ ।

विज्ञहरुका अनुसार चिनियाँ सिनोफर्म खोपले नौ महिनासम्म रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्न सक्छ ।

स्रोत : खालिज टाइम्स

प्रकाशित मिति January 15, 2021