काठमाडौं, पुस ७ । सत्तारुढ नेकपाको केपी ओली पक्षले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ। बालुवाटारमा जारी भेलाबाट श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको सहभागी एक नेताले जानकारी दिए। श्रेष्ठलाई पार्टी एकताको बेलामा नै प्रवक्ता तोकिएको थियो। श्रेष्ठको भूमिकाप्रति.....
काठमाडौँ, पुस १ । कोरोनाका कारण ९ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । मन्दिर खोल्नुअघि मंगलबार क्षमापूजा गरिएको थियो । लामो समय मन्दिर बन्द राख्नुपरेकाले क्षमापूजा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । क्षमापूजाका लागि राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान पशुपतिनाथ.....
कुवेत । कुवेतमा एकजना नेपालीको मृत्यु भएको छ । अल जजिरा कम्पनीमा कार्यरत डम्मर बहादुर साउदको १४ डिसेम्बर सोमबारको दिन हृदयघातको कारण फर्वानिया अस्पतालमा मृत्यु भएको थियो । डडेल्धुरा अजमेरु गाउँपालिका वडा नम्बर १ समैजी घर भएका साउद रोजगारीको सिलसिलामा १० वर्ष पहिले कुवेत आएका थिए । अल जजिरा कम्पनीमा.....
काठमाडौं, कार्तिक १९ । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन्। भारतीय वायु सेनाको विमानमार्फत बुधबार उनी काठमाडौं आइपुगेका हुन्। नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी ग्रहण गर्न उनी काठमाडौं आएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई शीतल निवासमा आयोजित विशेष.....
सिन्धुली, कार्तिक १७। सिन्धुलीमा पहिलोपटक कोरोना भाइरस संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ ६ः१५ बजे ८४ वर्षीया कमलामाई नगरपालिकाका निवासी ती महिलाको सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको हो । गत शुक्रबार उपचारका लागि धुलिखेल पुगेकी उनको त्यहाँ कोरोना चेकजाँच गरिएको थियो । त्यसबेला उनको.....
प्यूठान (बिजुवार), कार्तिक ४ । तिराम–मुर्कुटी सडकअन्तर्गत प्युठानको गोलबाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । माण्डवि गाउँपालिका २ तिरामबाट दाङतर्फ जाँदै गरेको राप्ती सार्वजनिक बस ब्यवसायी समितीको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान सडकबाट करीब एक सय मिटर तल ख सेर दुर्घटना.....
काठमाडौं, कार्तिक ३ । प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो दसैँ भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले यो जानकारी दिएका हुन् । मन्त्री गुरुङले संघीय.....
काठमाडौं, कात्तिक २ । अब सार्वजनिक यातायातमा चढ्ने यात्रुले पनि फेस सिल्ड (भाइजर) लगाउनुपर्ने भएको छ । यातायात व्यवस्था विभागले बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने बताएको छ । सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपछि.....
सिन्धुली, कार्तिक २, सिन्धुलीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका – ३ का ३१ वर्षिय राजेश राम र सोहि ठाउँ बस्ने २९ वर्षिय राम अयोध्या छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका १ अन्तर्गत वि पि राजमार्गको दुम्जा स्थित बर्दिवास बाट काठमाण्डौ हिँडेको ना.१ ज. ६८१७ नम्बरको.....
काठमाडौँ, असोज ३० । कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा 'भगवान शिव र ब्रम्हा' आए पनि ५ लाख मेट्रिक टन मल ल्याउन सम्भव नभएको बताएका छन् । ४० औँ विश्व खाद्य दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भुसालले ५ लाख मेट्रिक टन मल अहिलेको व्यवस्थाबाट तत्काल.....