WORLD NEWS

नाइजेरियामा सैन्य विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

नाइजेरियामा सैन्य विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

February 21, 2021

नाइजेरिया : नाइजेरियाको राजधानी अबुजामा सैन्य विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आइतबार बिहान सैन्य विमान दुर्घटना भएको थियो । सैन्य अधिकारीका अनुसार उक्त जहाज उत्तरी राज्य नाइजरको मिन्नातर्फ जाँदै थियो । दुर्घटनापछि हवाइ सेना प्रमुखले तत्काल घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।.....

दुबईकी राजकुमारी बन्धकबारे राष्ट्रसंघले प्रश्न उठाउने

दुबईकी राजकुमारी बन्धकबारे राष्ट्रसंघले प्रश्न उठाउने

February 19, 2021

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) का शासककी छोरीलाई आफ्ना बुबाले बन्धक बनाएको विषयमा संयुक्त राष्ट्रसंघले प्रश्न उठाउने भएको छ । देश छाडी भाग्ने प्रयास गरेपछि बुबाले सन् २०१८ देखि बन्धक बनाएका लतिफाको आरोप छ । आफ्ना साथीहरूलाई गोप्य रूपमा पठाएको भिडियोमा लतिफा अल मक्तुमले आफूलाई पिताले ‘बन्धक’ बनाएर.....